कञ्चनपुरको बेलौरी नगरपालिका ७ टेडुवा सीमा क्षेत्रमा गोली चलेको छ।
लागुऔषध तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा तस्कर समूहका भारतको पिलिभित थाना हजारा बुदान–४ का २६ वर्षीय गोविन्दा सिंह रहेका छन्। गोली लागेर घाइते भएका उनको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
लुकिछिपी भारतबाट लागुऔषध ल्याइरहेको सूचना पाएपछि प्रहरीको टोली सिमा पुगेको र तस्करले गोली चलाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले जानकारी दिए। दोहोरो गोली हानाहानमा एक जना प्रहरीसमेत घाइते भएको उनले बताए।