कोरोनाको महामारी लामो समय ठप्प रहेको चलचित्र क्षेत्र विस्तारै उठ्न थालेको छ।
नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय अनमोल के.सीको कपालाई लिएर चर्चा सुरु भएको छ। अनमोलले सुटिङ गरिरहेको चलचित्र 'ए मेरो हजुर ४' को स्क्रीप अनुसार उनले कपाल काट्नुपर्ने भएको छ।
तर 'ए मेरो हजुर ४'को काम सकिएपछि उनले चलचित्र 'पारस'मा काम गर्दैछन्। जसको स्क्रीप अनुसार उनले लामो कपाल बनाउनु पर्नेछ।
'पारस' चलचित्रको निमार्ण समुहले अनमोललाई लिएर वैशाखदेखि सुटिङमा जाने तयारी गरिरहेका छन्।
अनमोलले 'ए मेरो हजुर ४'को लागी कपाल छोटो बनाउदा 'पारस'को लागी समस्या हुने देखिएपछि दुवै चलचित्रका निमार्ण समुहबिच विवाद बढ्दै गएको छ।