कसरी खाने सलाद? जान्नुहोस् तरिकाबारे !

Taste
Taste

स्वास्थ्य शरीरको लागि पौष्टिक खानेकुराहरु खान एकदमै आवश्यक छ। पौष्टिक आहार भन्ने बित्तिकै त्यसमा सलाद पनि पर्छ। अरु खानेकुरा जस्तै हामीले सलाद खान पनि त्यतिनै धेरै आवश्यक छ। 

तर धेरै पटक,जानेर वा नजानेर हामीले सलादको गलत तरिकाले सेवन गरिरहेका हुन्छौ जसले गर्दा हाम्रो शरीर स्वस्थ हुनुको सट्टामा अझ धेरै खराब भैरहेको हुन्छ। 

सलाद खाने सही तरिकाको बारेमा पूर्ण ज्ञान नभएकोले गर्दा यस्तो गल्ति हुन जान्छ। जान्नुहोस् सलाद खाने सहि तरिका। 

कति बेला खाने:
खाद्य विशेषज्ञहरूका अनुसार खाना खानु भन्दा आधा घन्टा वा एक घण्टा अघि नै सलाद खानु पर्दछ। यसले गर्दा हामीलाई खाना खाने बेला कम भोक भएको महसुस हुन्छ र हामी खानामा कार्बोहाइड्रेट कम मात्रामा लिन्छौ। यसले हाम्रो वजन नियन्त्रणमा राख्दछ र हामी प्रोटीन, फाइबर, भिटामिन र खनिज पूर्ण मात्रामा पाउँदछौ।

कसरी खाने:
प्राय मानिसहरू सलादको स्वाद बढाउन त्यसमा नुन छर्कन्छन्। तर यो कुरा धेरै कम मानिसहरुलाई मात्र थाहाहोला कि सलादमा कहिल्यै पनि नुन खानु हुँदैन। 

यदि सलादमा नुन हालेरै खाने बानी छ भने त्यसमा मात्र कालो वा चट्टान नुनको प्रयोग गर्नुपर्दछ। यस बाहेक, यो पनि ध्यानमा राख्नुपर्ने हुन्छ कि वर्षाको मौसममा सलादलाई पहिले नै काटेर राख्नु हुदैन। यो मौसममा ब्याक्टेरिया धेरै चाँडै सक्रिय हुन्छन्। अनि अर्को ध्यान दिनु पर्ने कुरा रातको समयमा काँक्राको सेवन गर्नु हुदैन।

प्रकाशित मिति: : 2021-03-01 12:38:00

प्रतिकृया दिनुहोस्