एनएमबि बैंकका ग्राहकहरुले बी एण्ड बी अस्पतालको सेवामा विशेष छुट पाउने

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई बी एण्ड बी अस्पतालबाट उपलब्ध हुने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १० प्रतिशत सम्म छुट दिने भएको छ। 

बी एण्ड बी अस्पतालले बैंकका एटीएम तथा अन्य भिसा कार्ड होल्डर ग्राहकहरू तथा कर्मचारीहरुलाई फार्मेसीबाट औषधी खरिद गर्दा ५ प्रतिशत र अन्तरंग (भर्ना) मा ७५ प्रतिशत छुट उपलब्ध गराउने भएको छ।

एनएमबि बैंकका प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र बी एण्ड बीका प्रमुख प्रशासक प्रकाश भट्टराईले यो सम्झौतामा हस्ताक्षर गरेका थिए।  
 

प्रकाशित मिति: : 2021-02-28 21:17:00

प्रतिकृया दिनुहोस्