अत्यधिक मदिरा सेवन गरेका महराको नालामा डुबेर मृत्यु

विजय साह

जनकपुर

अत्यधिक मदिरा सेवन गरेका धनुषाको लक्ष्मीनिया गाउँपालिका ७ कुम्हरौडाका ४० बर्षीय ललन महराको नालामा डुबेर मृत्यु भएको छ।

जनकपुर– ढल्केवर खडकखण्ड अन्तर्गत कुम्हरौडास्थित बाबाको ढावा होटलदेखि २ सय मिटर परको नालामा आइतबार बिहान १० बजे महराको शव भेटिएको छ।

स्थानीयकाअनुसार शनिबार साँझ अध्यधिक मदिरा सेवन गरेका थिए। बिहान उनको शव नालामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

मृतक रामको शव मृचुल्का गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको प्रहरीले जनाएको छ।

घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति: : 2021-02-28 13:46:00

प्रतिकृया दिनुहोस्