इतिहास यस्तो पनि थियो– प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिन्थे

२५ असार ०३० मा सिंहदरबारमा आगलागी भएपछि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले नैतिकताका आधारमा राजीनामा दिएका थिए ।

आगलागीको खबरपछि सिंहदरबार पुगेका उनी रातभरि त्यहीँ बसे । नेपाली सेना र प्रहरीका उद्धारकर्तालाई हौसला दिए । तर, आगोले महत्वपूर्ण दस्ताबेज जलेपछि उनी निराश भए । र, राजीनामा लिएर दरबार पुगे ।

राजीनामा लिएर दरबार गएका विष्टलाई राजा वीरेन्द्रले भनेका थिए, ‘तिमीले सिंहदरबार जलाएको होइन, किन राजीनामा दिन्छौ ? राजीनामा फिर्ता लैजाऊ र मलाई सघाऊ ।’ तर, विष्टले मानेनन् ।

 

प्रकाशित मिति: : 2021-02-27 06:22:00

प्रतिकृया दिनुहोस्