सामान्य विवादमा परिवारकाले नै लिन थाले सदस्यको ज्यान

समाजशास्त्री भन्छन्- पारिवारिक अन्तर्क्रिया कमजोर भयो, एकअर्का समस्या बुझ्न सकिएन

सेतोपाटी

काठमाडौं

सामान्य घरेलु विवादकै कारण आफन्तबाटै मारिनु पर्ने डरलाग्दो पारिवारिक अपराधको दर ह्वात्तै बढेको छ।

भनाभनबाट सुरू हुने असमझदारी भौतिक आक्रमणको तहमा उक्लिने क्रम बढ्दै जाँदा यस्ता अपराधको संख्या पनि लगातार बढिरहेका छन्।

प्रदेश १ प्रहरी कार्यालयको पछिल्लो ६ महिनाको तथ्यांक केलाउँदा र सुरक्षा अधिकारीहरूको अनुभवले सबैभन्दा सुरक्षित संस्था मानिने परिवार असुरक्षाको कारखानाजस्तै बनिरहेको देखाउँछ।

प्रदेश १ मा पछिल्लो समयमा देखा परेका प्रतिनिधि घटनाहरूले पारिवारिक अपराधको ग्राफ उच्च भएको देखाउँछ।

केही प्रतिनिधि घटना हेरौं।

२० वर्षका लक्का जवान युवक मोबाइल किन्न बाबुलाई पैसा माग्छन्। छोराले मागेको पैसा सुनेपछि बुवा आत्तिन्छन्। खेती किसानी गरिरहेका बुवासँग कलेज पढ्दै गरेका छोराले मागेजति रकम खल्तीमा थिएन। उनले तत्काल दिन नसक्ने बताए।

प्रकाशित मिति: : 2021-02-26 14:10:00

प्रतिकृया दिनुहोस्