राजेन्द्र महतोले प्रचण्ड–नेपाललाई सोधे, 'तपाईहरुको पार्टी कुन हो?' (भिडियाे)

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेकपाको विपक्षी समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाललाई सोधेका छन्, 'तपाईहरुको पार्टी कुन हो?'

प्रचण्ड–नेपालले महतोलाई पार्टी केन्द्रीय कार्यालय, पेरिशडाँडामा बोलाएर सत्ता–साझेदारीमा सघाउन आग्रह गरेका थिए।

प्रचण्ड–नेपालले 'मिलेर अघि बढ्न' प्रस्ताव गरेपछि महतोले उनीहरुलाई व्यंग्य गर्दै पार्टीको नाम सोधेका थिए। सहकार्य प्रस्तावलाई जनता समाजवादी पार्टीले अस्वीकार गरेका छन्।

भेटपछि जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले भने, ' हामीले जिज्ञासा राख्यौँ– तपाईंको कुन पार्टी हो?  पार्टी–सिस्टममा पार्टी चाहियो नि !'

उनले आफूहरूले पटकपटक धोका खाएको पनि स्पष्ट पारे। 'प्रचण्ड–नेपालको सहकार्यको प्रस्तावले हामी अल्मलमा परेका छौँ। तपाईहरुको पार्टी कुन हो, त्यो कुरामा प्रष्ट हुनुहोस्। तपाईहरूले राखेका सबै कुराहरू हाम्रो पार्टीको बैठक हुन्छ। सबै कुरा त्यही राखौँला।'



जसपालाई प्रचण्ड समूहको प्रस्ताव : अब मिलेर जाऔँ

प्रकाशित मिति: : 2021-02-25 15:39:00

प्रतिकृया दिनुहोस्