जर्मनी– बेल्जियम बन्दरगाहामा ७ टन कोकिन बरामद

बिएल संवाददाता

ह्याम्बर्ग
फोटोः रोयर्टस्
फोटोः रोयर्टस्

जर्मनी– बेल्जियमका भन्सारका अधिकारीहरूले २३ टनभन्दा बढीको कोकिन जफत गरेका छन्। 

जर्मन अधिकारीहरूले यस महिनाको सुरूमा पराग्वेबाट ह्याम्बर्ग बन्दरगाहमा आएका पाँच कन्टेनर जहाज चेकजाँच गर्दा १ टन कोकिन भेट्टाएका थिए। 

पछि नेदरल्याण्ड्सका प्रहरीसँगको सहकार्यमा अरु ७‍.२ टन कोकिन बेल्जियम बन्दरगाह एन्ट्वर्पमा बरामद गरिएको जनाइएको छ। यो कोकिन  नेदरल्याण्डका निर्यात गर्न लागिएको थियो।

‘यस महिनाको सुरुमा हानिएको छापामा ठूलो मात्रामा कोकिन जफत गरिएको छ। यसको मूल्य अरबौं युरो छ,’ भन्सार अधिकारीहरूले भने।

उत्तरी जर्मन शहर ह्याम्बर्गमा फेला परेको कोकिन टिनहरूमा लुकाइएको थियो जुन पराग्वेबाट कन्टेनर जहाजमा युरोपमा प्रवेश गरेको थियो।

यता नेदरल्याण्ड्समा लागूऔषधको तस्करीमा संलग्न भएको आरोपमा एक २८ वर्षीय व्यक्ति पक्राउ परेको छ। उनलाई बुधबार डच प्रहरीले पक्राउ गरेको हो।
 

प्रकाशित मिति: : 2021-02-25 08:27:00

प्रतिकृया दिनुहोस्