इजरायलले गाजामा अत्याचार गरिरहेको जर्मनीको निष्कर्ष, कडा कदम चाल्ने चेतावनी

गाजामा अत्याचार गरिरहेको भन्दै जर्मनीका विदेशमन्त्रीले इजरायलविरुद्ध विशेष कदम चाल्ने चेतावनी दिएका छन्।

विदेशमन्त्री जोहान वाडेफुलले प्रसारक डब्ल्यूडीआरलाई दिएको अन्तर्वार्तामा इजरायलको ठूला हवाई आक्रमणहरूका कारण खाद्यान्न तथा औषधिको अभावले गाजाको अवस्थालाई असह्य बनाएको भन्दै जर्मनीले इजरायललाई दिने ऐतिहासिक समर्थनलाई हतियारको रूपमा प्रयोग नगर्न चेतावनी दिएका हुन्।

उनले गाजामा मानवीय कानुन उल्लंघन गर्न प्रयोग हुने हतियार निर्यात नगर्ने पनि बताए।

हमासले सन २०२३ को अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणपछि लामो समयसम्म जर्मनीले अमेरिकासँगै इजरायलको कारबाहीलाई समर्थन गरेको थियो।

तर, अहिले इजरायल अन्तर्राष्ट्रियस्तरमा एक्लिँदै गएको छ। जर्मनीको धारणामा आएको परिवर्तन युरोपियन युनियनले आफ्नो इजरायल नीति पुनरावलोकन गरिरहेको बेलामा बेलायत, फ्रान्स र क्यानडाले पनि गाजाको लागि ठोस कार्यहरू गर्ने चेतावनी दिएपछिको हो।

गाजाको सन्दर्भमा यो भनाइ विदेश मन्त्रीको र चान्सलर फ्रेडरिक मर्जको अहिलेसम्मको सबैभन्दा कडा भत्सर्ना भएको बताइएको छ।

प्रकाशित मिति: : 2025-05-28 13:47:00

प्रतिकृया दिनुहोस्