बिएल संवाददाता
युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल आगलागीका कारण प्रभावित भएको छ।
शुक्रबार बिहानै लन्डनको पश्चिममा रहेको बिजुली आपूर्ति गर्ने सबस्टेशनमा ठूलो आगलागी भएपछि शुक्रबार बिहान विमानस्थल बन्द गरिएको थियो।
स्थानीय अग्नि नियन्त्रण विभागले आगो अहिले नियन्त्रणमा आएको बताएको छ। बेलायती मिडिया आउटलेट स्काई न्यूजका अनुसार पहिले नै हवाई उडानमा रहेका १२० सहित १,३०० भन्दा बढी उडानहरू प्रभावित भएका छन्।
अर्को सूचना नभएसम्म यात्रुहरूलाई विमानस्थलमा यात्रा नगर्न सल्लाह दिइएको छ। विमानस्थलका प्रवक्ताले बिजुली कहिले सुचारु हुन्छ भन्ने अझै स्पष्ट नभएको बताएका छन्। हिथ्रो विमानस्थलबाट वर्षमा आठ करोडभन्दा बढी यात्रुले यात्रा गर्छन्।
विमानस्थलबाट करिब २.४ किलोमिटर टाढा लागेको सबस्टेशनमा आगलागीका कारण नजिकैका करिब १६ हजार घरहरू पनि बिजुलीविहीन भएका छन्।
लन्डन फायर ब्रिगेडले लन्डन बरोको हिलिङडन सहरको हेसको सबस्टेशनमा आगलागी भएको बताएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया