संसद् पुनर्स्थापनापछि यस्तो हुनेछ प्रतिनिधिसभामा अंकगणित

थाहा खबर

काठमाडाै‌ं

काठमाडौं : सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने निर्णय गरेपछि अब नयाँ सरकार बनाउने चलखेल सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुष ५ गते राष्टपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी थिइन्। 

संसद पुनःस्थापनापछि दुई तिहाई बहुमतसहित सरकार सञ्चालन गरिरहेको नेकपा विभाजित बनेको छ। नेकपा विभाजनपछि नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल नयाँ सरकार निर्माणको दौडमा लागेका छन्। 

अदालतले मंगलबार संसद पुनःस्थापना गरिदिएपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफलपछि निर्णय गर्ने चितवनबाट अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमा बताएका थिए। उनले सबै दलहरूसँग सहमति गरेर जान सक्ने भए पनि विभाजित आफ्नै दलको नेता ओलीसँग मिलेर जानसक्ने कुनै सम्भावना नरहेको दाबी गरेका छन्। 

विरोधसभालाई सम्बोधन गर्न चितवन पुगेका प्रचण्ड–माधव संसद पुनःस्थापनापछि विजय जुलुस मनाएर काठमाडौँ फर्किसकेका छन्। चितवनबाट फर्केलगत्तै प्रचण्ड–माधव कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेर छलफल गरेको देउवाको स्वकीय भानु देउवाले बताए।  

‘भेटका क्रममा समसामयिक राजनीतिबारे छलफल भयो’, देउवाले भने, ‘उहाँहरुले पछिल्लो राजनीतिक घटना क्रममा मिलेर जान प्रस्ताव गर्नुभयो।’ सभापति देउवाले नेकपाले गरेको प्रस्तावबारे पार्टीमा छलफल गरेर जवाफ दिने प्रतिक्रिया दिएको उनले बताए। 

सभापति देउवालाई प्रचण्ड–माधव पक्षले मात्रै नभएर प्रधानमन्त्री ओलीको तर्फबाट पनि सत्ता सहकार्यको प्रस्ताव भएको बुझिएको छ। संसद विघटनविरुद्धको आन्दोलनमा खुलेर खुट्टा टेक्न नसकेको देउवालाई अब कसरी अघि बढ्छन् भन्ने विषय अर्थपूर्ण देखिन्छ। 

प्रकाशित मिति: : 2021-02-24 20:12:00

प्रतिकृया दिनुहोस्