बलिउड नायक टाइगर श्राफ र नायिका कृती सेनन फेरी एकसाथ काम गर्ने भएका छन्।
चलचित्र ‘गणपथ’मा टाइगर र कृतीले दोश्रो पटक सँगै काम गर्न लागेका हुन्। यस अघि टाइगर र कृतीले ‘हिरोपन्ती’मा एक साथ काम गरेका थिए। जुन उनीहरुको डेब्यु चलचित्रपनि थियो।
हिरोपन्ती मा उनीहरुको जोडीलाई दर्शकले खुब रुचाएका थिए। ‘हिरोपन्ती २’ मा उनीहरुले सँगै काम गर्ने हल्ला चलेपनि त्यसो हुन सकेन।
दिपशिखा देशमुख, ज्याक्की बागनानी, वासु बागनानी र पुजा इन्टरटेन्मेन्टको लगानी रहेको उक्त चलचित्र ‘गणपथ’लाई विकास बहालले निर्देशन गर्दैछन्।