आइतबार, ०५ अप्रिल २०२६

दीपक राज गिरी ‘क्राइम पेट्रोल’ को होष्ट

Photo -Deepak Raj Giri facebook
• • •

अभिनेता दीपकराज गिरी पुनः टेलिभिजनको पर्दामा देखिने भएका छन्।

उनी ‘क्राइम पेट्रोल’ नाम कार्यक्रम मार्फत सानो पर्दामा देखिन लागेका हुन्।

संचारकर्मी रवि लामिछानेले ल्याएको नयाँ टेलिभिजन च्यानल ‘ग्यालेक्सी फोरके’ मार्फत दीपक ‘क्राइम पेट्रोल’मा देखिन लागेका हुन्।

भारतीय टिभी सोनीबाट लामो समयदेखि प्रसारण हुँदै आएको अपराध र त्यसको अनुसन्धानको विषयमा केन्द्रीत ‘क्राइम पेट्रोल’सँग आधिकारी अनुमतिमा नेपालमा पनि यो श्रृखंला निर्माण हुन लागेको हो।

कलाकार गिरी यसको होष्टको रुपमा देखिन लागेका हुन्।

‘क्राइम पेट्रोल’ सम्पदा मल्ल र उनको टिमले निर्माण गर्न लागेको हो। ‘क्राइम पेट्रोल’मा मल्लले क्रिएटिभ प्रोडुसरको जिम्बेवारी समेत निर्वाह गर्नेछिन् ।
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!