शाहिदले उपहारमा दिए ५५ करोडको घर

Photo : abplive
Photo : abplive

बलिउड अभिनेता शाहिद कपुरले आफ्नो श्रीमतीलाई  घर उपहार दिएका छन्।

सन् २०१५ मा वैवाहिक बन्धनमा बाँधिएका शाहिदले ५५ करोड ६० लाख बराबरको अपार्टमेन्ट श्रीमती मीरा राजपुतलाई  उपहार दिएका हुन्। शाहिद र मिराको यो दोश्रो घर हो।

यसअघि शाहिदले जुहुमा आलिशान घर किनेका थिए। यतिबेला मिरा दोस्रो पटक गर्भावस्थामा छिन्। पछिल्लो समय शाहिदले दक्षिण भारतिय चलचित्र 'अर्जुन रेड्डी'को रिमेक 'कविर सिङ'मा काम गरेका थिए। जसले बक्स अफिसमा धमाका मच्चाउनुको साथै राम्रो आम्दानी समेत गरेको थियो।

त्यस यता शाहिदले आफ्नो पारिश्रमिक बढाएको पनि भारतिय सञ्चार माध्यमहरुमा उल्लेख छ। 

प्रकाशित मिति: : 2021-02-24 14:23:00

प्रतिकृया दिनुहोस्