'पिके'को दोश्रो सिक्वेलमा रणवीर

Photo : tellychakkar
Photo : tellychakkar

सन २०१४ मा रिलिज भएको चलचित्र 'पिके'ले त्यो समयमा राम्रो चर्चा कमायो।

अभिनेता अमिर खानको मुख्य भुमिका रहेको उक्त चलचित्रले बक्स अफिसमा धमाका मात्र मच्चाएन, राम्रो आम्दानीपनि गर्यो। चलचित्रका निर्देशक राजकुमार हिरानीले यतिबेला  'पिके'कै दोश्रो सिक्वेल ल्याउन तयारी थालेका छन्।

'पिके'ले अमिर खानको करियरमा राम्रो फाईदा पुर्याएको थियो। तर दोश्रो सिक्वेलमा भने अमिर खानको भुमिका रहने छैन। बरु मुख्य भुमिकामा रणवीर कपुरलाई देख्न सकिनेछ।

चलचित्रका निर्माता विधु विनोदका अनुसार 'पिके'को दोश्रो सिक्वेलको लागी लेखक अभिजित जोशीले पटकथा तयार पार्दैछन्।

चलचित्र पिके को अन्त्यमा रणवीरको क्यारेक्टरलाई सस्पेन्समा देखाइएको थियो । दोश्रो स्वीकेलको कथा त्यही सस्पेन्सबाट सुरु हुने निर्माण समुहले जनाएको छ। 

प्रकाशित मिति: : 2021-02-24 12:06:00

प्रतिकृया दिनुहोस्