प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनगरेपछि नेकपा दुई ध्रुवमा विभाजित छ।
नेकपा विभाजित हुँदा संगठित भएर देशको संकटसँग लड्ने अठोटसहित जनताको विश्वास लिने र कार्यकर्तामा विश्वास भर्नुपर्ने कांग्रेस पनि विभाजित छ।
कांग्रेसको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री ओलीको संसद् विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै त्यसविरुद्ध उभिने निर्णय गरेको छ । तर, त्यही निर्णय कार्यान्वयनका विषयमा सभापति देउवा र पौडेल विपरीत ध्रुवमा छन् ।