बलिउड अभिनेत्री करिना कपूर दोस्रो पटक आमा बनेकी छन्।
उनले आइतबार राति मुम्बईको एक अस्पतालमा दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन्।
आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।
करिना कपुर र सैफ अलि खानबाट यसअघि पनि छोरा नै भएको थियो।