अमेरिका विश्वको नेतृत्व गर्न फर्किएको छ- अमेरिकी विदेशमन्त्री ब्लिंकेन

GETTY IMAGES
GETTY IMAGES

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पूर्ववत स्थितिमा फर्किएको बताएका छन्। महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकाङ्क्षाजस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्ण रूपमा संलग्न रहेको उनले बताएका हुन्।  

बीबीसी समाचार समितले दिएकाे आफ्नाे पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्तामा ब्लिंकेनले कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिएका छन्। सो अन्तर्वार्ताको क्रममा कोरोनाभाइरसको उत्पत्तिको विषय खोजको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको समेत आलोचना  गर्नु भएको समाचारमा जनाइएको छ। 

अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन आउनु भएपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कैयौ निर्णयलाई उल्टाइएको छ। रासस/एएफपी

प्रकाशित मिति: : 2021-02-20 18:07:00

प्रतिकृया दिनुहोस्