आफ्नै श्रीमतीलाई भारतको बेश्यालयमा बेच्न खोज्ने एक व्यक्तिलाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाले जिउ मास्ने बेच्ने अभियोगमा धिरज प्रधानलाई मोरङको पथरीबाट पक्राउ गरेको हो।
उनी शनिश्चरेमा प्रधान फोटो स्टुडियो संचलन गरेर बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रधानले २९ कात्तिक २०५६ मा झापा खजुरगाछीकी एक महिलालाई दमकस्थित मन्दिरमा विवाह गरेका थिए।
उनले ती युवतीलाई विवाह गरेको करिब साढे दुई महिनापछि इटहरी ल्याएर भारतको सिलिगुढीमा बेच्ने योजना बनाएका थिए।
युवतीले प्रधानको योजनाका थाहा पाएपछि भागेर प्रहरीसम्म पुगेकी थिइन्।
प्रधानबिरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ।