दक्षिण अफ्रिकी अलराउण्डर क्रिस मोरिस अहिले सम्मको इन्डियन प्रिमियर लिग आईपीएलमा महंगा खेलाडी बनेका छन् ।
१४ औं संस्करणको आईपीएलका लागि चेन्नईमा अहिले भइरहेको अक्सनमा राजस्थान रोयल्सले मोरिसलाई १६.२५ करोड भारुमा अनुबन्ध गरेको हो ।
यसअघि दिल्लीले सन् २०१५ मा युवराज सिंहलाई १६ करोड भारुमा अनुबन्ध गरेको थियो । यस्तै विदेशी खेलाडीतर्फ भने अष्ट्रेलियाका प्याट कमिङ्स महँगा थिए । कमिङ्सलाई कोलकताले सन् २०२० मा १५.५० करोडमा अनुबन्ध गरेको थियो ।