प्रधानन्यायाधीशले ‘संविधानमा टिपेक्स लगाएर’ खोजेको विघटनको साइनो

अनलाइनखबर

काठमाडाै‌ं

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटन असंवैधानिक भनेर संवैधानिक इजलासमा बहस गर्नेहरुसँग २०७२ को संविधानको धारा ७६(७) र २०४७ को संविधानको धारा ५३ (४) को साइनो खोज्छन् ।

बिहीबार एमिकस क्युरी (अदालतका साथी) का रुपमा राय दिन उपस्थित वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलाई प्रश्न गर्ने क्रममा त संविधानको धारा ७६ (७) मा रहेको ‘प्रधानमन्त्री नियुक्त हुन नसकेमा’ भन्नेलाई टिपेक्स लगाएर हेर्न आग्रह गरे ।

प्रधानन्यायाधीश जबराले संविधानको मन्त्रिपरिषद गठनसम्बन्धी धारा ७६ (१), (२), (३) र (४) वि. सं. २०४७ को संविधानको धारा ३६ (१), ४२ (१), (२) र (३) मिल्ने तथा ७६(५) र (६) पनि २०४७ को संविधानको ४२ (२) कै विस्तारित रुप भएको व्याख्या सुनाए । र भने, ‘अहिलेको संविधानको धारा ७६ (७) को वा पछाडि रहेको ‘प्रधानमन्त्री नियुक्त हुन नसकेमा’ भन्नेलाई टिपेक्स लगाएर पढ्यौं ।’

प्रकाशित मिति: : 2021-02-18 20:39:00

प्रतिकृया दिनुहोस्