अधिनायकवादीको लामो भाषण

बाह्रखरी

काठमाडाै‌ं

काठमाडौं । अहिले देशमा सर्वत्र आन्दोलन छ । नेताहरू एक से एक भाषण गर्दैछन् । तर, नेपाली नेताहरू किन लामो र कर्कश भाषण गर्छन् ? किन उनीहरूले जनतालाई दिन चाहेको सन्देश छोटो समयमा दिन सक्दैनन् ? किन स्रोताको समयको बरबादी र धैर्यको परीक्षा लिन्छन् नेताहरू ? आउनुस, आजको प्रतिवाद कार्यक्रममा यिनै लामा र छोटा भाषणहरूमा केन्द्रित गरौँ । 

कुनै व्यक्तिलाई समूहमा सम्बोधन गर्नुपर्‍यो भने असहज महसुस हुन्छ र सकभर आफ्नो वक्तव्य छोटै समयमा टुंग्याउँछन् । कसैलाई भने जति ठूलो जनसमूदाय देख्यो त्यति लामो भाषण गर्ने जाँगर आउँछ । 

कसैलाई आफूले जति धेरै बोल्यो स्रोता त्यतिनै खुसी हुन्छन् भन्ने लाग्छ । हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सकभर लामो बोल्न पाउँदा ठूलो उपलब्धि गरेको जस्तो लाग्छ भनेर सहजै अनुमान लगाउन सकिन्छ । 

प्रकाशित मिति: : 2021-02-18 19:19:00

प्रतिकृया दिनुहोस्