विडम्बना ! जघन्य अपराधमा नाबालक

अपराधमा संलग्न १८ वर्षमुनिका सात सय ७४ बालबालिका सुधारगृहमा -

सहपाठी किशोरीको बलात्कार तथा हत्याजस्तो जघन्य अपराधमा पक्राउ परेका आरोपी स्वयं पनि किशोर भएकाले उनीमाथि कस्तो कारबाही गर्ने भन्नेमा जिज्ञासा जागेको छ । नेपालको कानुनले १८ वर्ष नपुगेको व्यक्तिले अपराध गरेको पुष्टि भएमा जेलको सट्टा बाल सुधारगृहमा पठाउने व्यवस्था गरेको छ । 

भागरथीको बलात्कार तथा हत्या गरेको आरोपमा पक्राउ परेका किशोर १८ वर्ष पुगेको पुष्टि हुन सकेको छैन । ‘यो विषयमा हामी अनुसन्धान गर्दै छौँ, विद्यालयमा उनको जन्ममिति भिडाएर यो विषयमा टुंगोमा पुग्छौँ,’ डिआइजी उत्तम सुवेदीको भनाइ छ ।  

प्रकाशित मिति: : 2021-02-18 05:37:00

प्रतिकृया दिनुहोस्