बिएल संवाददाता
झुटा तथा नक्कली बिजक प्रयोग १३ को मिलेमतोमा झण्डै एक अर्ब रुपैया बराबरको राजस्व छली गरेको पाइएको छ। राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा ती व्यक्तिले विभिन्न ११ वटा फर्मको बैंक खाता सञ्चान गरी राजस्व छली गरेका हुन्। उनीहरूले वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर(भ्याट)को बिजक मात्र किनेर मूल्य अभिवृद्धि कर र आयकर छली गरेका विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए।
उक्त आर्थिक अपराधमा सर्लाहीको बलरा नगरपालिका–७ बस्ने मुख्य अभियुक्त सुबोध साहसहित १० र उनीहरूको मतियारको रुपमा अन्य तीन गरी १३ को संलग्नता रहेको विभागले जनाएको छ। उनीहरूले ९१ करोड ३० लाख ५६ हजार रुपैया बराबरको राजस्व छली गरेको विभागले आरोप लगाएको छ।
उक्त घटनामा अनुसन्धान सकी बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबीसहित आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको महानिर्देशक मैनालीले जानकारी दिए।
मुख्य प्रतिवादी सुबोध साहसमेतले कर बिजकको कारोवार गर्ने सुरेन्द्र सहनी, सरोजकुमार मिश्र, कलिम अन्सारी, अवधेश पटेल, सुमनकुमार महतो, राजेश्वर महतो, इदा खातुन, हरिन्द्र राम र मोतीलाल सहनीसमेतको मिलेमतोमा ११ वटा फर्म खडा गरी वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि करको बिजकमात्र किनेर मूल्य अभिवृद्धि कर र आयकरसमेत चुहावट गरेको विभागको अनुसन्धानमा खुलेको छ।
प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरेको जनाएको छ।
विभागले दायर गरेको मुद्दामा उक्त लेखापरीक्षणमा कागजात तयार गरी झुटा तथा नक्कली कर बिजकको कारोवार एवं लेखा परीक्षण प्रतिवेद तथा लेखा परीक्षण गरी कर छलीमा सहयोग गर्ने लेखा परीक्षक कृष्णप्रसाद घिमिरे, दीपक निरौला र दीपककुमार कोइरालाविरुद्ध मुख्य अभियुक्तले पाउने सजायको आधार सजायको मागदाबी गरिएको जानकारी दिएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया