भारतीय गृहमन्त्रीको भनाइप्रति नेपाल सरकारले जनायो आपत्ति

भारतीय गृहमन्त्री अमित शाहले नेपालमा भारतीय जनता पार्टी-भाजपालाई विस्तार गर्ने भनि दिएको अभिव्यक्तिप्रति नेपालले औपचारिक रुपमा आपत्ति जनाएको छ।

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संयन्त्रमार्फत् औपचारिक आपत्ति जनाइएको बताएका छन्। यसअघि त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवले भाजपाका तत्कालीन अध्यक्ष शाहले एक बैठकमा पार्टीलाई नेपाल र श्रीलंका विस्तार गर्नुपर्ने बताएको खुलासा गरेका थिए।

विप्लवले शाहलाई उद्धृत गर्दै भाजपालाई नेपालमा पनि विस्तार गर्ने पार्टी योजना रहेको बताएपछि यसले नेपाली राजनीति वृतमा तरङ्ग उत्पन्न भएको थियो।

अमित शाहले एक कार्यक्रमका सिलसिलामा त्रिपुरा पुगेका बेला त्यहाँका मुख्यमन्त्री विप्लव देवसमेत रहेको बैठकमा भाजपाले भारतका अधिकांश राज्यहरुमा जित हासिल गरिसकेको र अब नेपाल तथा श्रीलंकामा भाजपा सरकार स्थापना गर्ने बताएको भनी भारतीय सञ्चारमाध्यमहरुले प्रकाशित गरेका थिए।

प्रकाशित मिति: : 2021-02-16 19:27:00

प्रतिकृया दिनुहोस्