वैदेशिक रोजगारको बहानामा मानव बेचविखन गर्ने कार्यमा संलग्न फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा साबिक खुरकोट गा।बि।स।वडा नं।२ हाल कुस्मा नगरपालिका वडा नं।२ का सुबेदी कान्छो र खेमबहादुर सुवेदी रहेका छन्।
ब्युरोबाट खटीएको प्रहरी टोलीले उनीहरुलाई पर्वत साबिक खुरकोट गा।बि।स।वडा नं।२ हाल कुस्मा नगरपालिका वडा नं।२ स्थित नयाँपुल भन्ने ठाउँबाट लुकिछुपी रहेको अवस्थामा पक्राउ गरेको हो।
२०७६ सालमा उनीहरुले जाहेरवाली परिवर्तित नाम बबरमहल ५२ लाई कुबेतमा घरयासी काम गर्नका लागि पठाउने भन्दै त्यसको लागत र राहदानी खर्चसमेत नलाग्ने भन्दै प्रलोभनमा फसाएका थिए।
प्रतिवादीले जाहेरवालीलाई नेपालको एयरपोर्टबाट मिल्दै भन्दै भारतबाट जानुपर्ने बताएका थिए। 'म नेपालबाटै जान्छु भारतको बाटो जादिन बरु कति समय लाग्छ म कुर्छु भन्दा नेपालमा मेडिकल र प्रहरी रिपोर्ट गरेको डबल खर्च लाग्छ भन्दै कुबेतमै अफिस छ भन्दै उत्ती बनाउने भनेका थिए' जाहेरवालीले भनिन्।
प्रतिवादले उनलाई काठमाण्डौबाट नेपालगंजसम्मको टिकट काटिदिएका थिए। रुपेडिया हुदै भारतको नयाँदिल्ली पुगेकी उनलाई अगाडि नै अन्य मानिसले लिन आउने बताइएको थियो। 'मलाई लिनका लागि अन्जान मानिस आएका थिए' उनले भनिन्।
नयाँ दिल्लीबाट उनलाई चेन्नाई पठाएको थियो। त्यहाँबाट उनी मलेसिया हुँदै श्रीलंका पुगिन। त्यहाँ उनलाई सिराक खान र आलिक खानले रिसिभ गरे।
श्रीलंकास्थित तालदुवामा पुगेकी उनी बन्धक भइन्। 'मलाई कतै जान दिदैन् थियो' उनले भनिन्। सोहि अवस्थामा बाधक रहेकी उनलाई श्रीलंकाको प्रहरी भिसा नभएको आरोपमा पक्राउ गर्यो।
१० महिना थुनिएकी उनी श्रीलंका नेपाली राजदुताबास र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा गत ३० गते नेपाल फर्कन सफल भइन्।
पक्राउ प्रतिवादीलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार कारवाही हुने प्रहरीले जनाएको छ।