अश्लीत फोटो देखाएर चरित्र हत्या गर्न खोजेको भन्दै 'बीबीसीको शक्तिशाली महिला' सपनाले दिइन् प्रहरीमा उजुरी 

बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले विनयजंग बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी छिन्।

बस्नेतले युट्युबमार्फत आफ्नो अश्लिल तस्वीर देखाएर चरित्र हत्या गरिदिने धम्की दिएको भन्दै सपना रोकाले परिसरमा जाहेरी दार्ता गराएको परिसर प्रमुख वरिष्ठ उपरिक्षक (एसएसपी) अशोक सिंहले जानाकारी दिएका छन्। सपनाले बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दा जाहेरी दिएकी हुन्।

सँगै बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनय र सपनाबीचको खटपट पछिल्लो समय सर्वाजनिक भएको थियो।

बिबिसीको सूचीमा चयन भएको केही समयपछि उनीहरुबीच विवाद सुरु भएको थियो। अहिले उनीहरु छुट्टा छुट्टै समूहकमा काम गर्दै आएका छन्।

सपनाको जाहेरी पछि प्रहरीले बस्नेतको खोजी कार्य सुरु गरेको छ। उनी अहिले काठमाडौं बाहिर भएको प्रहरीले बताएको छ।

प्रकाशित मिति: : 2021-02-14 13:52:00

प्रतिकृया दिनुहोस्