बिएल संवाददाता
इंग्ल्याण्डविरूद्ध दोस्रो टेस्टमार्फत डेब्यु गरेका अक्षर पटेल भारतबाट टेस्ट खेल्ने ३ सय २ औं क्रिकेटर बन्न पुगेका छन्। सन् २०२१ मा भारतीय टेस्ट टिममा उनीसमेत चार जनाले डेब्यु गरेका छन्। यसअघि वासिङ्टन सुन्दर, टि नटराजन र नवदीप सैनीले डेब्यु गरेका थिए।
भारतको ८९ वर्ष लामो टेस्ट इतिहासमा हालसम्म १ सय ५० खेलाडीले मात्र सर्वाधिक ६ टेस्ट खेलेका छन्। त्यसैले अक्षरको आगमनलाई लिएर धेरै आशा गरिएको छ।
भारतमा ५१ खेलाडीले एउटा मात्र टेस्ट खेल्ने अवसर पाएका थिए। १० क्रिकेटरले मात्र सय टेस्ट पुरा गरेका थिए। यसमा सचिनले सर्वाधिक २ सय टेस्ट खेलेका छन्। यसपछि राहुल द्रविडले १ सय ६३ र भिभिएस लक्ष्मणले १ सय ३४ टेस्ट खेलेका छन्। भारतीय टेस्ट क्रिकेटमा सुनिल गावस्करको कप्तानीमा सबैभन्दा बढी २७ खेलाडीले टेस्ट क्रिकेटमा डेब्यु गर्ने अवसर पाएका थिए।
हालसम्म खेलेका ३ सय २ क्रिकेटरले मिलेर २ लाख ६० हजारभन्दा बढी रन र ७ हजार ८ सय ८७ विकेट लिएका छन्। इंग्ल्याण्डबाट हालसम्म सबैभन्दा बढी ६ सय ९६ जनाले टेस्ट खेलिसकेका छन्। यसपछि अस्ट्रेलियाबाट ४ सय ६० र वेस्ट इन्डिजबाट ३ सय २५ जनाले टेस्ट खेलेका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया