‘थाइल्याण्ड–भैरहवाको सीधा उडान गरी बौद्ध–पर्यटन प्रवर्द्धन गर्न सकिने’

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाईल्याण्डका राजदुत भोषित भोरासाफले प्रधानमन्त्री निवास, बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। 

भेटमा प्रधानमन्त्री र राजदुतबीचदुई मुलुकबीच लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अघि बढाउन विविध विषयमा वार्ता भएको थियो। 

भेटमा प्रधानमन्त्रीले राजदूत भोरासाफको सफल कार्यकालका लागि शुभेच्छा व्यक्त गर्दै यसै अवधिमा दुई देशबीच सम्बन्धका नयाँ आयामहरु पहिल्याउन सकिने विश्वास समेत व्यक्त गरे। 

प्रधानमन्त्री ओलीले दुई मुलुकबीचबौद्ध धर्ममार्फत् जोडिएका साँस्कृतिक एवम् जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन दुवैतर्फ रहेका बौद्ध तीर्थस्थलमा पर्यटक आवागमनलाई बढावा दिइनुपर्ने धारणासमेत राखेका थिए। 

साथै प्रधानमन्त्रीले दुई देशबीच कूटनीतिक सम्बन्ध ६२ वर्षअघि स्थापना भए पनि यी दुईको सम्बन्ध भने त्यसभन्दा धेरै लामो रहेको समेत उल्लेख गरे। यस सम्बन्धलाई थप उचाई दिन नयाँ संभावनाहरु पहिल्याउनुपर्र्ने धारणा समेत उनले राखे।

भेटका क्रममा  राजदुत भोरासाफले थाइल्याण्ड र नेपालको भैरहवा विमानस्थलबीच सीधा हवाई सम्बन्ध जोड्न सकिए नेपालमा थाई पर्यटकको आगमन बढाउन सकिने विचार व्यक्त गरे।

प्रकाशित मिति: : 2021-02-12 17:18:00

प्रतिकृया दिनुहोस्