सीमामा सुरक्षाकर्मी बढे, रोकिएन तस्करी

लेनदेनमा कुरा नमिल्दा मात्र समात्ने गरेको प्रहरीमाथि जनप्रतिनिधिको आरोप

कैलालीमा भारतसँग सीमा जोडिएका क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति बढ्दै गएको छ । तर, पनि भारतबाट हुने तस्करी भने रोकिएको छैन । एक वर्षयता जिल्लाका विभिन्न ठाउँमा सशस्त्र प्रहरीका १० वटा सीमा सुरक्षा पोस्ट (बिओपी) थप गरिएका छन् । सशस्त्र प्रहरीका १४ वटा बिओपी रहेको कैलालीमा तस्करी र आपराधिक गतिविधि नियन्त्रणका लागि सीमानजिक १० ठाउँमा नेपाल प्रहरीका चौकी पनि छन् ।

सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बढ्दै गए पनि भारतबाट हुने तस्करी भने नियन्त्रण हुन सकेको छैन । कोरोना संक्रमणलाई लक्षित गरेर गरिएको भारतसँगको नाका बन्दकै क्रममा पनि कैलालीमा तस्करी रोकिएको छैन । लकडाउनयता मात्रै प्रहरीले लाखौँ मूल्यको तस्करीको सामान बरामद गरेको छ ।

सीमामा सुरक्षा उपस्थिति बढेपछि तस्करीको सामान समातिने क्रम भने तुलनात्मक रूपमा बढेको छ । तर, लेनदेनमा कुरा नमिले मात्र सामान समात्ने गरेको आरोप प्रहरीलाई लाग्दै आएको छ । त्रिनगर भन्सार कार्यालयको मातहत पर्ने क्षेत्रमा मात्रै गत आर्थिक वर्षमा चार सय ६१ पटक भन्सार छलीको सामान बरामद गरिएको थियो । भारतबाट तस्करी गरेर ल्याउने क्रममा चार करोड ५० लाख मूल्य बढीका सामान सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालयको टिमले गत वर्ष बरामद गरेको भन्सार कार्यालयको तथ्यांक छ ।

प्रकाशित मिति: : 2021-02-11 19:34:00

प्रतिकृया दिनुहोस्