दमकमा मंगलबार देखि धिमाल फूड फेष्टीवल सुरु (फोटो फिचर)

धिमाल जाति विकास केन्द्रको आयोजनामा दमकमा आजदेखि चिचिरी,गेन्द्रो दिवस अर्थात धिमाल फुड फेष्टीवल सुरु भएको छ।

माघ २७ गते देखि फागुन १ गतेसम्म ५ दिन चिचिरी गेन्द्रो दिवसको रुपमा फुड फेष्टिबल सुरु गरिएको हो।

फेस्टिवलको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गरे। 

फेष्टिबल आयोजक समिति सदस्य सविता धिमालका  फेष्टिबलमा २० ओटा स्टल छन्।  ति स्टलमा धिमाल जातिय खाना तथा परिकारहरु विक्री तथा प्रदर्शन गरिने छ।

फेष्टिबलमा आकर्षणका लागि दैनिक विभिन्न राष्ट्रिय कलाकालहरुको प्रस्तुती रहने केन्द्रका केन्द्रिय सविताले जानकारी दिइन्। चिचिरी धिमाल समुदायमा विसेश प्रकारको चामलबाट पकाईने र गेन्द्रो पिठोबाट पकाईने परिकार हो। यिनैको नामबाट महोत्सवको नामाकरण गरिएको धिमाल पत्रकार मञ्चका अध्यक्ष बिजय धिमालले जानकारी दिए।

धिमाल समुदायका विभिन्न खाद्य परिकारहरुको संरक्षण तथा प्रवद्र्धन गर्ने उदेश्यले फेष्टिबलको आयोजना गरिएको केन्द्रका अध्यक्ष लोकबहादुर धिमालले जनाए। दमक नगरपालिकाको मुख्य प्रायोजन रहने फेष्टिबललाई झापा तथा मोरङ्का विभिन्न स्थानीय तहले सहयोग गरेका छन्।

प्रकाशित मिति: : 2021-02-09 20:37:00

प्रतिकृया दिनुहोस्