महाकालीमा फसेका १६ जनाको प्रहरीद्धारा उद्धार

कञ्चनपुरको भिमदत्त नगरपालिका–१२ भुजेलाघाटस्थित महाकाली नदीको टापुमा फसेका १६ जनाको प्रहरीले उद्धार गरेको छ। 

टापुमा फसेका स्थानीयलाई मंगलबार साँझ उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

स्थानीय नागरिकहरु मलामी गएको अवस्थामा भारतको टनकपुरस्थित एनएचपिसिद्वारा टनकपुर पावर हाउसको पानी सफाई गर्न महाकाली नदीमा पानी छोडिएको थियो। पानीको बहाब बढेपछि उनीहरु ज्यान बचाउन नदीको टापुमा बसेका थिए। 

विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उनीहरुको सकुशल उद्धार गरेको थियो।

प्रकाशित मिति: : 2021-02-09 17:50:00

प्रतिकृया दिनुहोस्