सोमबार, १५ डिसेम्बर २०२५

अनियमितता गरेको प्रमाण पाए, शक्तिशाली व्यक्तिलाई पनि कार्यवाहीको दायरामा ल्याइने छः अख्तियार प्रमुख आयुक्त राई

News Image
• • •

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले अनियमितता गरेको प्रमाण पाएमा जतिसुकै शक्तिशाली व्यक्ति भए पनि कार्यवाहीको दायरामा ल्याइने बताएका छन्। 

बिएल नेपाली सेवासँगको अनौपचारिक भेटघाटमा उनले सय दिनसम्म कुनै मिडियामा नबोल्ने बताए। उनले भने, ‘नेपाल आमालाई साँची राखेर मैले कसम खाएको छु। प्रमाण पाए, जतिसुकै शक्तिशाली व्यक्ति भए पनि कानुनी दायरामा ल्याउने छु।’

उनले बधाईको बहानामा बिनाकारण अख्तियारमा भेटघाट गर्न नआउन पनि सबैमाझ आग्रह गरेका छन्। ‘यो काम गर्ने बेला हो। त्यसैले बधाई दिने बहानामा अनावश्यक भेटघाट गर्न नआइदिनु होला,’ उनले भने। 

सरकारले संवैधानिक आयोगको नियुक्ति गर्ने क्रममा अख्तियारको प्रमुख आयुक्तमा राईलाई गत महिना नियुक्त गरेको थियो। उनले गत बुधबार पद्भार ग्रहण गरेका थिए।



स्वाभिमानी प्रशासकको अख्तियार यात्रा 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!