२०० ले घट्यो सुनको मूल्य

बिएल संवाददाता

काठमाडाै‌ं
Samacharpatra

आज सुनको मूल्य तोलामा रु २०० ले घटेको छ।

आइतबार तोलामा रु ९० हजार ६०० मा कारोवार भइरहेको छापावाला सुन आज ९० हजार ४०० मा कारोवार भइरहेको छ। त्यस्तै तेजाबी सुन पनि तोलामा रु २०० ले घटेको छ।

रु ९० हजार १५० मा आइतबार कारोवार भएको तेजाबी सुन आज रु  ८९ हजार ९५०मूल्य निर्धारण भएको छ। चाँदी भने तोलामा रु पाँचले बढेर रु एक हजार ३१५ मूल्य निर्धारण भएको छ।
 

प्रकाशित मिति: : 2021-02-08 11:52:00

प्रतिकृया दिनुहोस्