इजलाशमा प्रधानन्याधीशको प्रश्न : मुलुकमा निर्वाचनको वातावरण छ र ?

बिएल संवाददाता

काठमाडाै‌ं
File Photo
File Photo

सरकारको सिफारिशमा राष्ट्रपतिले गरेको संसद विघटनविरुद्दमा सर्वोच्चमा परेको रिटको सुनुवाईको क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले चुनावको वातावरण भए–नभएकोबारे प्रश्न गरेका छन्।

सरकारको तर्फबाट आईतवारबहस गरेका अधिवक्ता श्यामकुमार भट्टराईले राजनीतिक शक्तिको असफलता भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा जाने निर्णय गरेको बताएका थिए। ‘फ्लोरमा वातावरण हुनुपर्‍यो नि, होइन ? अहिले जुन वातावरण छ, त्यो (चुनाव) सम्भावना छ?’ सुनुवाईको क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रश्न गरे।

सर्वोच्चमा यतिबेला सरकारी पक्षको बहस चलिरहेको छ। सरकारी वकीलको बहस आज सकिने भएको छ । संसद विघटन विरुद्ध सर्वोच्चमा १३ वटा रिट दायर भएका छन्।

 

प्रकाशित मिति: : 2021-02-07 15:04:00

प्रतिकृया दिनुहोस्