माटो खन्ने क्रममा ढिस्कोले पुरिएर कैलालीमा शनिबार तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा १७ वर्षिया धनसरी सवाल र २० वर्षीय भावना वड, र ३० वर्षीया गंगादेवी रहेका छन्।
प्रहरीका अनुसार मृत्यु भएका तिन जनामध्ये दुई जनाको घटनास्थलमा मृत्यु भएको हो भने, ३० वर्षीया गंगादेवी जयगडीको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
माटोको ढिस्कोमा परेर घाइते भएका १२ वर्षीय काजल सवाल र अन्जु जगयढीको टिकापुर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएकाे छ।