अबको डेढ महिना भित्र सबै कोरोना बिमाको भुक्तानी हुने भएको छ।
शुक्रवार बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै वीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अबको डेढ महिनामा कोरोना बीमाको सबै दाबी भुक्तानी हुने बताएका हुन्।
निर्देशक पौडेलले वीमा कम्पनीहरुको वित्तीय विवरणमा एनएफआरएस प्रणाली लागू भइसकेको बताउँदै कोरोना बीमाको दाबी भुक्तानीको काम फास्ट ट्रयाकबाट भएको जनाएका छन्।