सोमबार, १५ डिसेम्बर २०२५

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कूटनीतिक ब्रिफिङ्ग दिन हुदैन : राष्ट्रपति जो बाइडेन

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
तस्वीर:एजेन्सी
• • •

अमेरिकाका ४६ औं राष्ट्रपति राष्ट्रपति जो बाइडेनले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कूटनीतिक ब्रिफिङ्ग दिन नहुने जनाएका  छन्।
सिबिएस न्यूजसँगको अन्तर्वार्ताको क्रममा राष्ट्रपति बाइडेनले  उनको अस्थिर वा अनिश्चित व्यवहारका कारण महत्वपूर्ण कूटनीतिक जानकारी दिनु उपयुक्त नहुने जनाएका हुन्।

संयुक्त राज्य अमेरिकामा सबै पूर्व राष्ट्रपतिलाई समेत राष्ट्रिय सुरक्षा सम्बन्धी जानकारी दिने परम्परा कायम रहेको छ। राष्ट्रपतिको कार्यकाल भन्दा बाहिर रहंदा पनि देशको कुटनीतिक जानकारी पाउने नियम रहँदै आएको अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बिड़ेनले यस्तो बताएका हुन्।
पूर्वराष्ट्रपति ट्रंपको ४ वर्षको कार्यकालमा कुटनीतिक अन्य देशसंग तनावपुर्ण रहेको राष्ट्रपति बिड़ेनको तर्क रहेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!