बालोन डी'ओर जित्ने लक्ष्यसहित हिँडेका नेयमार

२९ औँ जन्मदिन बिशेष

नवीन अर्याल

काठमाडाै‌ं

राष्ट्रिय टीमका लागि डेब्यूमै गोल गर्ने कमै खेलाडीमध्ये पर्छन् नेयमार। त्यतिबेला उनी जम्मा १८ वर्षका थिए। २०१० को विश्वकपपछि अमेरिका विरुद्धको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा गोल गरेका थिए। नेयमार त्यस्ता भाग्यमानी खेलाडी हुन् जसले आफ्नो २० औँ जन्मदिनमै व्यवसायिक गोल संख्या १०० पुर्‍याए।

फ्रेबुअरी ५, १९९२ मा साओ पाउलोेमा जन्मेका नेयमारलाई फूटबलसँग परिचित गराउने काम उनकै पिताले गरेका हुन्। जो आफै व्यवसायीक फुटबल खेलाडी थिए। बाटोमै फूटबल खेलेर हुर्केका नेयमार प्रारम्भिक कालमा फूटसल खेल्थे। कलिलै उमेरमा देखिएको उनको दक्षतालाई निखार्न उनका पिताले ७ वर्षकै उमेरमा पोर्चुगिसा सन्टिस्टा युथ क्लबमा भर्ना गरिदिए। तर त्यहाँ उनी धेरै वर्ष बसेनन्।

२००३ मा अर्को क्लब सान्तोसाका स्काउटहरुको आँखामा परेपछि उनको जीवनशैलीमै एकाएक परिवर्तन आयो। पेलेले समेत घरेलु लिग सान्तोसबाटै खेलेका थिए। आफैँमा प्रचुर संभावना बोकेका नेयमार त्यसमाथि पनि सान्तोसजस्तो क्लबको वातावरणमा हुर्किन पाएपछि के चाहियो र ? त्यसपछि उनको ‘फुटबल करिअर’ ले एक्कासी छलाङ मार्न थाल्यो।

उनी स्पेनका बार्सिलोनाबाट खेले। तर बार्सिलोनाकै प्रतिद्वन्दी क्लब रियल मड्रिडका लागि ट्रायल दिन १४ वर्षको उमेरमै स्पेन गएको कुरा धेरैलाई थाहै छैन। त्यो बेला नै उनको कौशल र क्षमतामा सान्तोस यति ढुक्क थियो कि उनलाई रियल मड्रिड पठाउनै मानेन। बरु टन्न पैसा खर्च गरेर आफूसँगै राख्यो। २००९ मै सान्तोसको सिनियर टीममा परे। यहीँबाट उनी ब्राजिलियन लिगको उत्कृष्ट युवा खेलाडी भए। 

ब्राजिलियन लिगमा जादु देखाउन थालेको एक वर्ष बित्दा नबित्दै यूरोपका थुप्रै क्लबहरुले उनीमाथि आँखा लगाइसकेका थिए। फूटबल पछ्याउने विश्वभरिका मान्छेहरुको ध्यान नेयमारमा त्यतिबेला पर्‍यो जब २०१० मा प्रिमियर लिग क्लब वेस्टह्याम उनको लागि १२ मिलियन पाउण्ड खर्च गर्न तयार थियो। वेस्ट ह्यामलाई नै पछ्याउँदै चेल्सी त्यो भन्दा बढी रकम दिन राजी थियो। तर यसपटक पनि सान्तोसले उनीहरुका लागि त्यो ढोका बन्द गरिदियो।

नेयमार पेलेकै हाराहारीका खेलाडी हुन् भन्ने कुरा सान्तोसले राम्रैसँग बुझेको थियो। त्यसैले उनलाई युरोप पठाउन कुनै सर्त मान्न तयार थिएन। सन् १९६१ मा पनि यस्तै भएको थियो। त्यतिबेला पनि युरोपका क्लबहरुले पेलेलाई भित्र्याउनका जोडजुलम गरेका थिए। तर सान्तोस भने त्यसो हुन नदिने पक्षमा थियो। विदेशी क्लबहरुले बढी नै आँखा लगाएपछि सरकारले पेलेलाई ब्राजिलको राष्ट्रिय सम्पत्ति घोषणा गर्‍यो। त्यसपछि भने युरोपेली क्लबहरु पछाडि हटेका थिए।

सान्तोसले पनि नेयमारलाई पेलेकै स्तरमा राखेर अन्य क्लबलाई दिन मानेन। नेयमार पनि सान्तोसको उक्त विश्वासमा खरो उत्रिएका छन्। २०११ मा ४८ वर्षपछि पहिलो पटक कोपा लिवेरतादोएस जित्यो। उनको बल माथिको नियन्त्रण, पेस र ड्रिबलिङ क्षमताबाट पेले पनि कायल छन्। त्यसैले नेयमार अबको केही वर्षमै संसारकै उत्कृष्ट खेलाडी हुने कुरा पेले वर्षहरुमा सार्वजनिक रुपमा दोहोर्‍याइरहेका छन्। त्यसो त पेले त उनीबाट सान्तोसका लागि खेलेको पहिलो सिजनबाटै प्रभावित भएका थिए। त्यतिबेलै उनले रोमारियोसँग मिलेर २०१० को विश्वकपका लागि टिममा राख्न प्रशिक्षक कार्लोस डुंङालाई दबाब समेत दिएका थिए। जबकि त्यतिबेलासम्म उनले सिनियर राष्ट्रिय टोलीबाट १ खेल पनि खेलेका थिएनन्। तर पछि अनुभवको कमी देखाउँदै डुङले नेयरमारलाई टोलीमा समावेश गरेनन्। 

नेयमारलाई यो विश्वकपसम्म अझै परिपक्व बनाउन यूरोपेली फूटबलको अनुभव दिनुपर्ने कुरा अलि पहिले नै उठेको थियो। २०१२ को क्लब विश्वकपमा जब सान्तोस बार्सिलोनासँग ४–० हार्‍यो, त्यसपछि उनलाई जतिसक्दो चाँडो युरोप पठाउनुपर्ने कुरा चल्यो। उनलाई मेस्सीको स्तरमा पुग्न युरोपको सशक्त लिगको अनुभव सँगाल्नु पर्ने कुरामा सबै सहमत भए। यसै कारण पनि २०१४ को विश्वकपसम्म सान्तोसमै बस्ने सोच बनाएपछि अचानक २०१३ मा यूरोप हानिए।

अन्ततः ५७ मिलियन पाउण्डमा मेस्सीकै क्लब बार्सिलोनाले उनलाई ५ वर्षको लागि अनुबन्ध गर्‍यो। गत वर्षको कनफेडेरेशन कप पछि घेलु मैदान क्याप नोउमा पहिलो पटक बार्सिलोनाको जर्सि लगाएरु मिडियासामू प्रस्तुत हु“दा उनलाई हेर्न ५७००० दर्शक रंगशाला पुगेका थिए। यहीँबाट अनुमान लगाउन सकिन्छ उनी कस्ता खेलाडी हुन् भनेर। नेयमारसँग तिब्र गतिमा बल कुदाउने र अचानक दिशा परिवर्तन गर्नसक्ने अनौठो कला छ। उनी दुबै खुट्टा उत्तिकै चलाउँछन्। नेयमार फुटबलमा मात्र होइन अन्तराष्ट्रियब्रान्डहरुका लागि समेत ‘हटकेक’ हुन्।

ठूला कम्पनीहरुबीच उनलाई ‘ब्राण्ड एम्बेसडर’ बनाउन चर्को प्रतिस्पर्धा छ। अन्तर्राष्ट्रिय बजारमा कायम ‘प्रिमियम’ मोलकै कारण स्पोर्टस् प्रो म्यागेजिनले उनलाई उनको ‘मोस्ट मार्केटेबल एथलिट’ नै घोषणा गरेको थियो। 

२०१२ को ओलम्पिकमा ब्राजिलले स्वर्ण जित्न नसक्दा भने उनी आलोचनाको सिकार बनेका थिए। तर, आलोचकहरुलाई जवाफ फर्काउन पनि सिपालु छन् नेयमर। सन् २०१३ काे कन्फेडेरेसन क्लब जित्दा उनकै भूमिका निर्णायक थियो। ब्राजिलले कपमात्र जितेन उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी समेत बने। उनकै गोलका कारण बार्सिलोनाले एक मात्र उपाधी स्पेनिस सुपर जित्न सफल भयो। 

२२ वर्षको उमेरमै उनी ब्राजिलका लागि सर्वाधिक गोलकर्ताको सूचिमा एड्मिर र टोस्टाओसँग संयुक्त रुपमा ९ औँ नम्बरमा परे। आयोजक ब्राजिल नेयमारको यही क्षमता र कौशलमा भरमा खरो साबित हुने आंकलन गरिएको थियो। तर  क्रोसिया विरुद्धको पहिलो खेलमा पराजित हुँदै ब्राजिल बाहिरियो। उक्त खेलमा उनले चोट बोकेका थिए। उनको खुट्टामा स्टिल राखिएको थियो। त्यहीपनि बिपक्षीविरुद्ध लड्न पछि परेनन्।

त्यसपछि आफ्नो कल्ब करिअर अगाडी बढाए। तर विश्वकपमा बोकेको चोटका कारण त्यति फलदायी हुन भने सकेनन्। नियमित टोलीमा नपर्दा उनीले आफ्नो लय गुमाउन पुगे। 

पीएसजीले ब्राजिली स्टारलाई २ सय २२ मिलियन युरोमा स्पेनिस क्लब बार्सिलोनाबाट सन् २०१७ मा अनुबन्धन गर्‍याे। युरोपेली क्लब फुटबलमा नयाँ शक्ति बन्ने लक्ष्य सहित पीएसजीले नेयमारलाई विश्व कीर्तिमानी मुल्यमा अनुबन्धन गरेको थियो।

पीएसजी आउनु अघि नेयमारले बार्सिलोनामा चार सिजन सफल रुपमा बिताएका थिए। उनी बालेन डी ओर जित्ने लक्ष्यसहित पीएसजी आएका थिए।

तर फ्रान्समा नेयमारले बार्सिलोना जतिको सफलता प्राप्त गर्न सकेनन्। उनले थोमस टुचेल नेतृत्वको पीएसजीका लागि ८२ खेलमा ७० गोल गरेका छन्।

पीएसजीमा आएपछि गम्भिर चोट बोकेका नेयमारले फ्रान्समा अपेक्षा अनुसारको सफलता प्राप्त गर्न सकेनन्। उनीमाथि पीएसजीले लगाएको विश्व कीर्तिमानी मूल्यलाई न्याय दिन असक्षम रहेको भन्दै आलाेचना हुन थाल्याे। त्यही पनि उनले त्यस सिजन घरेलु फुटबलमा तीन उपाधि जिते। 

यसैकारण उनी दुई वर्ष अगाडि घरैमा आयोजना भएको कोपा अमेरिकामा पनि टोलीमा पर्न सकेनन्। उनलाई अभागी नै मान्नु पर्छ उनी नपरेको साल नै ब्राजिलले १२ वर्षपछि पेरुलाई पराजित गर्दै ठूला प्रतियोगिताको उपाधि उचाल्न सफल भयो।

त्यसपश्चात उनी लगातार कल्ब करिअर अगाडि बढाइरहेका थिए। तर इडिसन कभानी र केलिन एम्मबापेको छायाँमा पर्दै आए। त्यही पनि उनले पीएसजीलाई सन् २०२० मा पहिले पटक च्यान्पियन्स लिगको फाइनमा पुर्‍याए।

फाइनल जित्न नसकेपनि उनको व्यक्तिगत प्रदर्शनका कारण कल्ब फाइनलमा पुगेको भन्दै चारैतिर हाइहाइ भयो। यसैकारण उनी फिफा वर्ष खेलाडीमा पनि छानिए। तर उक्त उपाधि भने जित्न सकेनन्।

पछिलो समय उनी लयमा देखिएका छैन। हुन त कल्बले पनि लय समाउन भने सकेको छैन। कल्बले प्रशिक्षक थोमस टुचेललाई समेत निकाल्न पर्यो। 

अहिले लिगमा पीएसजी तेस्रो नम्बरमा छ। तर उनको व्यक्तिगत प्रदर्शन भने सम्झन लगाएका छैन। उनले जारी लिगमा जम्मा ६ गोल मात्रै गर्न सकेका छन्। त्यसमा पनि उनले तीन गोल भने पेनाल्टीमार्फत गरेका थिए। 

 

प्रकाशित मिति: : 2021-02-05 18:46:00

प्रतिकृया दिनुहोस्