आमहड्तालमा उत्रेका ५६ जना प्रहरी नियन्त्रणमा 

आमहड्तालको अवज्ञा गरेको भन्दै सडकमा गुडिरहेका सवारी साधनलाई बाधा पुर्याउन खोजेको भन्दै प्रहरीले प्रचण्ड–नेपाल समूहका ५६ जना कार्यक्रर्तालाई काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिङका अनुसार काठमाडौंको गोंगबु, नयाँबजार, भक्तपुर बसपार्क लगाएतका विभिन्न स्थानबाट ५६ जनालाई नियन्त्रणमा लिइएको हो। 

नियन्त्रणमा लिइएका प्रचण्ड–नेपाल समूहका कार्यक्रर्तालाई विभिन्न प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: : 2021-02-04 07:07:00

प्रतिकृया दिनुहोस्