प्रधानमन्त्रीका प्रेस सल्लाहकारले भनेः हड्ताल खल्तीका मान्छे हाल्न नपाएको कुण्ठा हो

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा प्रचण्ड–माधव समूहको आम हड्ताल पद नपाएको कुण्ठा मात्रै भएको बताएका छन्।

नेकपा ओली समूह प्रचार विभाग उपप्रमुख समेत रहेका थापाले संवैधानिक निकायमा प्रचण्ड–माधवले खल्तीका मान्छे हाल्न नपाएर आम हड्ताल गरेको आरोप लगाए। संसदीय सुनुवाइ विना नै संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरेको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहले बिहिबार तड्तालको आव्हान गरेको छ।

सामाजिक संजाल फेसबुकमार्फत सल्लाहकार थापाले प्रचण्ड–माधव समूहले आम हड्ताल गर्ने भन्दा आफूले हाँसो थाम्न नसकेको टिप्पणी गरेका छन्। उनी लेख्छन्, 'माझण्ड (माधव–झलनाथ–प्रचण्ड) गुटले संवैधानिक निकायहरुमा खल्तीका मान्छे हाल्न नपाएर आमहड्ताल गर्ने भन्दा हाँसो थाम्न गाह्रो प-यो! न बा-हड्लाल, न आमा-हड्ताल, पद नपाएको कुण्ठा।' 

नेकपा प्रचण्ड–माधव समूहको आव्हान आम हड्ताललाई नेता थापासँगै सामाजिक संजाल प्रयोगकर्ताले तीब्र रुपमा आलोचना गरेका छन्। गृहमन्त्रालयले विज्ञप्तिमार्फत हड्तालप्रति ध्यानाकर्षण भएको बताएको छ।

मन्त्रालयले सुरक्षामा खलल पुग्ने गतिविधि गरे कानून बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ।

प्रकाशित मिति: : 2021-02-03 22:36:00

प्रतिकृया दिनुहोस्