६० वर्षअघि आजकै दिन अन्तरिक्षको यात्रा गर्ने पहिलो चिम्पान्जी (भिडियो)

बादरहरूको प्रजातिमा चिम्पान्जी यस्तो जनावर हो, जो मानवसँग निकै नजिक मानिन्छ। यस्तै, एउटा कथा हो, हाम नामको चिम्पान्जीको। जसले आजकै दिन इतिहास कायम गरेको थियो। 

हाम नामक चिम्पान्जी अन्तरिक्षको यात्रा गर्ने पहिलो जनावर हो। यसका कारण अन्तरिक्षमा मानव पाइला सम्भव भएको हो। हामले आजको दिन अर्थात ३१ जनवरी १९६१ मा अन्तरिक्षको यात्रा गरेको थियो। यो मिसनको उद्देश्य थियो, अन्तरिक्षमा मानिस पुगेको खण्डमा यसले कस्तो प्रभाव पार्छ।

हाम मुलतः क्यामरुनको जंगलमा बसोबास गथ्र्यो। उसलाई त्यहीबाट समातेर अमेरिकाको फ्लोरिडा सहरमा ल्याइएको थियो। जहाँ उसलाई मियामी रेयर बर्ड फर्ममा सुरक्षित राखिएको थियो।

अन्तरिक्षमा पठाउनुअघि उसलाई ट्रेनिङका लागि १९५९ मा एयरफोर्स बेसमा उपस्थित गराइएको थियो। यहाँ उनलाई १८ महिना टे«निङ गराइएपछि अन्तरिक्ष पठाउने तयारी भएको थियो।

हामलाई प्रोजेक्ट मरकरी अर्थात एमआर–२ अन्तर्गत अन्तरिक्ष पठाइएको थियो। यसका लागि लञ्च प्याड फ्लोरिडाको टापुमा तयारी पारिएको थियो। हामले ५८०० किमीको स्पीडमा १५७ किमीको उचाईसम्म उडान भरेको थियो।

पृथ्वीमा फर्किने क्रममा हामको क्याप्सुल १३० किमीको दुरीमा अटलान्टिक महासागरमा झरेको थियो। उसको उद्दार गर्न एउटा जहाजलाई तुरुन्त क्याप्सुल खसेको ठाउँमा पठाइएको थियो।

अन्तरिक्षबाट फर्किएपछि हामलाई १९६३ सम्म वासिङ्टनको राष्ट्रिय संग्रहालयमा पनि राखियो। यसपछि उनलाई नर्थ क्यारोलिनाको चिडियाघरमा सारियो। १९ जनवरी १९८३ मा उनको निधन भयो।

अन्तरिक्ष जाने पहिलो भाग्यमानी चिम्पान्जी त्यहाँबाट फर्किएपछि उसको विश्वव्यापी नाम रह्यो। यसपछि मात्र अन्तरिक्षमा मानव पाइला सफल भएको थियो। ६० वर्षअघि हाम चिम्पान्जीले राखेको यो कीर्तिमानलाई आज सारा विश्वले याद गरिरहेको छ। फोटो : एजेन्सी

प्रकाशित मिति: : 2021-01-31 07:24:00

प्रतिकृया दिनुहोस्