अटो इन्जिनियरिङ्ग श्रमिकहरुको संगठन नेपाल समाजवादी अटो (ई) श्रमिक संघको दोस्रो राष्ट्रिय सम्मेलन जनकपुरधाममा सम्पन्न भएको छ।
सम्मेलनका प्रमुख अथिति तथा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले निरासाले भरिएको राष्ट्रिय राजनीतिमा सत्ता र बाहिर विपक्षमा रहेका राजनैतिक पार्टीहरु भ्रटाचारको एजेण्डामा एक साथ उभिएको आरोप लगाएका छन्। उनले भने, ‘जो सत्तामा छ उ अनियन्त्रित अधिनायकवाद तिर उन्मूख छ। जो विपक्षमा छ त्यो पनि कर्तव्य विमुख छ।’
जनता समाजवादी पार्टीले देश र जनतालाई अलपत्र पर्न नदिने मन्त्री सोनलले सम्मेलनलाई सम्बोधन गर्दै जनाएका छन्।
प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले अटो इन्जिनियर्सका मजदुरहरु आफ्नो अधिकारको लागि अगाडि बढ्नुपर्ने सुझाव दिँदै मजदुरको श्रम शोषणको इतिहास लामै भएको बताए।
मजदुरहरुको हक अधिकार, विकास, समृद्धिका लागि ठूला भनाउँदा पार्टीहरुले कुनै योगदान नगरेकोले मजदुरको यस्तो खराब अस्थामा आयो। मजदुरलाई यस्तो खराब अवस्थामा पु¥याउने पार्टीहरुको हालत अहिले आफै खराब भएको मन्त्री साहले जनाए।
नेपाल समाजवादी अटो (ई) श्रमिक संघका केन्द्रिय अध्यक्ष तथा दोस्रो राष्ट्रिय सम्मेलनका अध्यक्षता गरेका जगदिस साहले श्रमिकहरुका लागि अहिलेसम्म खासै ठुलो उपलब्धि हासिल हुन नसकेपनि आउँदा दिनमा पक्कै पनि श्रमिकहरुलाई राम्रो हुने कुरा विश्वास दिलाए। सम्मेलनमा देशभरबाट करिब तीन सयबढीको उपस्थिति थियो।