बिएल संवाददाता
नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विभाजित नेकपा अध्यक्ष प्रचण्डको आगामी चुनाव लड्ने ठाउँ नभएको बताएका छन्।
रोल्पाको लिबाङमा शनिबार नेकपा ओली पक्षद्धारा आयोजित जनवर्गीय भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले प्रचण्ड डुलुवा नेता भएको आरोप लगाए।
पहिलो संविधानसभाको निर्वाचनमा रोल्पाबाट निर्वाचित भएका प्रचण्डले दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा छाडेर सिरहा पुगेको बताउदै, नेता पोखरेल भन्छन्, ‘ओलीको काँधमा चढेर चितवनबाट निर्वाचित हुनुभयो। अब आउने चुनावमा प्रचण्ड जहाँबाट चुनाव लडेपनि हार्ने पक्का छ।’
माओवादी आन्दोलनमा साथ दिएका नेताहरुले प्रचण्डलाई छाड्दै गएकाले आगामी राजनीतिक भविष्य अन्यौल रहेको बताए।
नेता पोखरेलले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई खुला राजनीतिमा आउन आग्रह गरेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया