भारतीय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई कृषि कानून फिर्ता लिन माग गरेका छन्।
राजधानी दिल्लीमा जारी किसान आन्दोलनले हिंसाको रुप लिएपछि नेता गान्धीले हिंसा कुनै पनि समस्याको समाधान भएको बताए। उनले भने, ‘यसले देशलाई नोक्सान पुर्याउँछ। कसैलाई चोट लाग्यो भने, नोक्सान हाम्रो देशलाई हुनेछ।’
देशको हितका लागि कृषि कानून फिर्ता लिनुपर्ने उनको तर्क छ। भारतीय ७२औं गणतन्त्र दिवसका अवसरमा देशवासीहरुलाई बधाई दिदैँ पूर्वअध्यक्ष गान्धीले जनताको मागलाई सरकारले सुन्नुपर्ने बताएका छन्। ‘गणतन्त्र देशवासीको हो र उनीहरुकै कारणले यो अझ बलियो हुन्छ’, उनले भने।
गान्धीले बधाई सन्देशमा भनेका छन्– ‘भारतका प्रत्येक नागरिक देशको गन्तव्य हुन्, चाहे त्यो किसान–मजदुर होस्। सानो वा मध्यम वर्गको व्यापारी, रोजगार खोज्ने युवा होस् वा गृहिणी नै किन नहोस्।’