पहाडी क्षेत्रको मौसम आंशिक बदली, अरु क्षेत्र सामान्यतया सफा रहने

पहाडी क्षेत्रको मौसम मंगलबार आंशिक बदली भए पनि देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले पहाडी क्षेत्रमा मौसम बदली हुने देखिएको हो।

अहिले माैसम पूर्वानुमान महाशाखाका अनुसार तराईमा बाक्लो हुस्सु/कुहिरो लागेको छ भने देशका बाँकी भागमा मौसम सामान्यतय सफा छ।

मंगलबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रहि उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानहरुमा हल्का हिमापाको संभावना। बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै राति प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको भू–भागहरूमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

यसैबिच देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू–भागहरुमा बिहानीपख हुस्सु–कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।

महाशाखाले बिहान ६ बजे जारी गरेकाे आगामी तीन दिनको मौसम पूर्वानुमान यस्ताे छ- 

माघ १३ गते (मंगलबार)

दिउँसो :  देशका प्रदेश न. १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानमा हल्का हिमापातको सम्भावना छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती :  प्रदेश न. १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ १४ गते (बुधबार)

दिउँसो : प्रदेश न. १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानमा हल्का हिमापातको सम्भवना छ।

राती : प्रदेश न. १, बागमती प्रदेश, गण्डकी प्रदेशका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ १५ गते (बिहीबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानमा हल्का हिमापातको सम्भावना छ।

राती : प्रदेश न. १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  

देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका भूभागमा बिहानीपख हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

प्रकाशित मिति: : 2021-01-26 07:32:00

प्रतिकृया दिनुहोस्