नायक राजेश हमाल लामो समयको अन्तरालपछि फिल्मको पर्दामा फर्किने भएका छन्। उनी ‘रोमियो’का निर्देशक शंकर कार्कीको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘सत्यम्’मा पक्का भएका हुन्।
फिल्मको शुटिङ भने चैतदेखि हुने फिल्मका निर्माता एवं लेखक रेशम सापकोटाले बताए।
लकडाउनपछि म्युजिक भिडियोमा काम गर्दै आएका राजेशले उक्त फिल्मका लागि लिखित सम्झौता भइसकेको बताएका छन्। राजेशले पलिछल्लो पटक फिल्म ‘बाग्मती र सकुन्तला’ मा काम गरको थिए। तर यी फिल्म सोचे अनुसार चलेन।
त्यसपछि उनले ४ वर्ष यता कुनै फिल्ममा काम गरेका छैनन्। यो अवधिमा राजेशले करिब २ दर्जन स्किृप्ट पढे, तर उनले कुनै फिल्मको कथा मन नपरेका कारण काम नगरेको बताउँदै आएका थिए।
फिल्ममा राजेशसँगै अनुप बिक्रम साहीले काम गर्दै छन। अनुप खलनायकको भूमिकामा रहने बताइएको छ।
फिल्ममा नायिकाको रुपमा अभिनेत्री उपासना सिंह ठकुरी रहने सम्भावना रहेको निर्माण पक्षले बताएको छ। तर उनीले काम गर्ने पक्का भने भएको छैन। उपासना अहिले ‘डिसेम्बर फल्स’ छायांकनमा पोखरामा छिन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया