नायक राजेश हमाल लामो समयको अन्तरालपछि फिल्मको पर्दामा फर्किने भएका छन्। उनी ‘रोमियो’का निर्देशक शंकर कार्कीको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘सत्यम्’मा पक्का भएका हुन्।
फिल्मको शुटिङ भने चैतदेखि हुने फिल्मका निर्माता एवं लेखक रेशम सापकोटाले बताए।
लकडाउनपछि म्युजिक भिडियोमा काम गर्दै आएका राजेशले उक्त फिल्मका लागि लिखित सम्झौता भइसकेको बताएका छन्। राजेशले पलिछल्लो पटक फिल्म ‘बाग्मती र सकुन्तला’ मा काम गरको थिए। तर यी फिल्म सोचे अनुसार चलेन।
त्यसपछि उनले ४ वर्ष यता कुनै फिल्ममा काम गरेका छैनन्। यो अवधिमा राजेशले करिब २ दर्जन स्किृप्ट पढे, तर उनले कुनै फिल्मको कथा मन नपरेका कारण काम नगरेको बताउँदै आएका थिए।
फिल्ममा राजेशसँगै अनुप बिक्रम साहीले काम गर्दै छन। अनुप खलनायकको भूमिकामा रहने बताइएको छ।
फिल्ममा नायिकाको रुपमा अभिनेत्री उपासना सिंह ठकुरी रहने सम्भावना रहेको निर्माण पक्षले बताएको छ। तर उनीले काम गर्ने पक्का भने भएको छैन। उपासना अहिले ‘डिसेम्बर फल्स’ छायांकनमा पोखरामा छिन्।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया