काकाकुल बुटवलले कहिले‍ पाउला झुम्सा खोलाको पानी ?

शिलापत्र

काठमाडौँ

 विकाश पराजुली

बुटवलमा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि २०५२ सालमा सिस्ने खोलाको योजना अघि बढ्यो । तत्कालीन बुटवल नगरपालिकाले पहलमा नेपाल खानेपानी संस्थानको योजनामा ३ करोड रुपैयाँको केन्द्रीय बजेटबाट काम सुरु गरे पनि ०५८ सालमा उक्त खोलाको पानीलाई गौतमबुद्ध लघु ‘हाइड्रो प्रोजेक्ट’ का लागि सरकारले अनुमति दियो ।

सिस्ने मुहान नजिकैबाट हाइड्रो प्रोजेक्टले पानी उपयोग गर्ने भएपछि उक्त खोलाको पानी बुटवलमा ल्याउँदा मागअनुसारको पूर्ति गर्न नसकिने भएपछि अन्ततः त्यो योजना अघि बढ्न सकेन ।

त्यसपछि २०६३ मा बुटवलमा सर्वदलीय समितिले सिस्ने खोलाको पानी बुटवल ल्याउन सम्भव नदेखेपछि पाल्पाकै अर्को झुम्सा खोलाबाट पानी ल्याउने योजना अघि बढायो । प्रारम्भिक चरणमा पाइपलाइन बिच्छाउने, इन्टेक बनाउने कामसमेत १९ करोड ५६ लाखको बजेटमा भयो । तर, बर्खायाममा निर्माणधीन इन्टेक र मुहानको पाइप बाढीले बगायो । त्यसपछि भएका राजनीतिक उत्तारचढावले योजना अघि बढ्न सकेन ।

झुम्सा खोलामा यसअघि निर्माण भएको बाँध भत्किएपछि अहिले अर्को व्यवस्थित ड्याम र इन्ट्याक्ट निर्माण सुरु भएको छ । यो बुटवलको खानेपानी गुरुयोजनाकै एउटा नयाँ कामको सुरुवात हो । नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख मोहनदत्त भट्टका अनुसार बुटवलको खानेपानीको अभावलाई दीर्घकालीन रूपमा समाधान गर्नेगरी योजना बनिरहेको छ ।

प्रकाशित मिति: : 2021-01-23 19:48:00

प्रतिकृया दिनुहोस्