एकल आमाको संघर्षको कथा

सेतोपाटी

काठमाडौँ

दिलिप पौडेल

मध्यरात -३२ डिग्री सेल्सियसको जाडो।

सडकहरू हिउँले  सेताम्मे मात्र हैन सिसाको सिंगो चिप्लेटी बनेका छन्। सुनसान रातमा एक दुइटा गाडीबाहेक मान्छेको त कुरै छोडौं चरो मुसो पनि देखिँदैन। घर-घरका चिम्नीहरूबाट धुँवा जसरी बाफ उडिरहेको छ निरन्तर क्षितिजतिर। 

एउटा हातमा खानाको सानो झोला र अर्को हातमा पर्स  समातेर घरभित्र छिर्छे रुविना।

यो उसको जागिर खाने घर हो। त्यो घरमा दुईजना अधबैंसे केटाहरू बस्छन् नोडिन र गेरोनिमो। उमेरले मात्र अधबैंसे हुन् उनीहरू।

बुद्धि र विवेकका हिसाबले केटाकेटी नै छन्। शरीरको ओजन  क्विन्टल भन्दा बेसी छ। खाना जति खाए पनि नपुग्ने। उठेदेखि नसुतुन्जेल भोक लाग्यो, भोक लाग्यो भनिरहने। फ्रिजबाट  काँचो  मासु  समेत  झिकेर खाने भएकोले फ्रिजमा साँचो लगाएको छ।

बेलाबेलामा  होस  पाउँदैनन्  केटाहरू। उस्तै परे चक्कु झिकेर हान्न आउने भएकोले किचन क्याबिनेटमा पनि ताल्चा  लगाएको छ। 

प्रकाशित मिति: : 2021-01-23 16:59:00

प्रतिकृया दिनुहोस्